प्यूठान, धार्मिक एवं पवित्र तिर्थस्थल प्यूठानको स्वर्गद्धारी पुग्ने भिंग्री–स्वर्गद्वारी सडकखण्ड जोखिमपूर्ण बन्दै गएको छ । स्वर्गद्धारी जाने सडकखण्डको ठाउँ ठाउँ भासिएको र चिराचिरा परेको छ । कतिपय ठाउँमा सडकको भागलाई पहिरोले तान्दै लगेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा तीन वटा सडक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुई जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा दुई वटा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । १० जना घाईते भएका थिए । ठूला सवारीसाधन अहिले जाने अवस्था नभएको प्रहरीले बताएको छ । स्वर्गद्धारीमा दैनिक सयौँको संख्यामा पर्यटकहरु दर्शनका लागि पुग्ने गरेका छन् ।




















