logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पर्वत काङग्रेसमा ICE-BREAK

img
पर्वत काङग्रेसमा ICE-BREAK

पर्वत, पर्वत काङग्रेस विविध आरोह अवरोहका बावजुद अत्यन्तै संयम र सजगताका साथ अगाडी बढी रहेको छ तथापी नेतृत्वको रस्साकस्सिको कारणले कहिलेकाही आम कार्यकर्ता नैरास्यता देखिने गरेको पनि साचो हो । विगत लामो समय देखी र १४ औं महाधिबेशनमा समेत फरक समुहमा देखिएका शीर्ष नेताहरु स्थानिय निकायको सन्मुखमा आपसमा समझदारी र समन्वयका साथ अगाडी बढ्ने संकेत देखिएको छ । फागु पुणिर्माको अवसर पारी पार्टिका पुर्व मुख्य सचिब तथा पुर्व सांसद समेत रहेका नेता ऋशिकेष तिवारीलेउक्त कार्यको थालनी गर्न खोजेको देखिएको छ । निबर्तमान नेपाली कांग्रेसका केन्दि्रय सदस्य नेता अर्जुन प्रसाद जोशी, ऋषिकेश तिवारी तथा अन्य काठमाडौा मा उपलब्ध दर्जनौ पर्वतका नेताहरुको प्रत्यक्ष सहभागीतामा भएकोफागु पुणिर्माको शुभकामना साटासाट गर्ने क्रममा नेताहरु आपसमा संयम र गतिशिल भएर अगाडी बढेमा पर्वतमा काङग्रेसको नेतिृत्व सुनिश्चित रहेको उपस्थित सम्पूर्ण नेता कार्यकर्ताले समेत बताएका छन्। 

अनौपचारिक कार्यक्रममा बोल्ने क्रममा नेता जोशी ले पर्वत काङग्रेस सुदृढ बनाउने कार्यका लागि जुनसुकै हदसम्म लचक हुने बताउदै विभिन्न भातृ तथा सुभेच्छुक संस्थाको केन्दि्रय नेतृत्वमा पर्वतका युवाहरुको संलग्नता अति बढेको कारणले आफु हषिर्त समेत भएको बताए । साथै कार्यक्रममा बोल्ने नेता जोशी ले आगामी चुनाब सम्म काङग्रेस नेता कार्यकर्ताहरुलाई सामाजिक संजाल तथा मिडियामा सकारात्मक लेख्न तथा बोल्न आग्रह पनि गरे। त्यसै गरि उक्त कार्यक्रमका संयोजन कर्ता नेता ऋषिकेष तिवारीले यो नेपाली को सद्भाबको चाड भएको र काठमाडौामा उपलब्ध साथीहरु संग अनौपचारिक शुभकामना साटासाट तथा छलफल कार्यक्रम रहेको बताए र बोल्ने क्रममा उनले पर्वत काङग्रेसमा न्याय सहितको एकता सम्भब भएमा अब काङग्रेसमा ICE-BREAK हुने बताए । पर्वत काङग्रेसका केहि महत्तवपुर्ण साथीहरु लालकाजी गुरुङ, नवराज गुरुङ, खगेन्ऽ तिवारी, राम शर्मा, बसन्त सी.के, दुर्गा बहादुर खत्रि जस्ता साथीहरु संग समेत आवश्यक छलफल  र परामर्श गरि अगाडी बढे काङग्रेसलाई सुदृढ र गतिशील बनाउन सकिने बताए । आफु सधै मेलमिलाप र एकताको पक्षमा रहेको र आम काङग्रेसको भावनालाई समेट्दै र एककृत गर्दै अगाडी बढ्ने बताएका छन्।

img