logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

भूमि आयोग प्युठानकाे बिज्ञ सदस्यमा रोहन एमसी नियुक्त

img
भूमि आयोग  प्युठानकाे बिज्ञ सदस्यमा रोहन एमसी नियुक्त

प्युठान, सरकारले भूमि आयोग प्युठानको बिज्ञ सदस्यमा रोहन एमसीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीस्तरिय बैठकले जिल्लास्तरीय समितिकाे सदस्यमा कांग्रेस प्युठानका युवा नेता एमसीलाई नियुक्त गरेको हो। प्युठान नगरपालिका ८ धर्मावतिका ३२ बर्षिय एमसिले अङ्ग्रेजी र राजनिती शास्त्रमा स्नातकोत्तर पास गरेका छन । उनी काङ्ग्रेस प्युठान ‘ख’ का उपसभापति समेत रहेका छन ।

यस अघि सरकारले भुमि आयाेग प्युठानकाे संयोजकमा राष्ट्रीय जनमोर्चाका नेता ईमान खड्कालाई नियुक्त गरिसकेकाे छ। सरकारले भुमिहिन जनताकाे समस्या समाधानका लागि भुमि आयाेग गठन गरि काम थालेकाे छ ।

img