logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

एमाले ले कुनै पार्टीमा नरहेकालाई नेपाली कांग्रेसमा प्रवेश बनाइदियो

img
एमाले ले कुनै पार्टीमा नरहेकालाई नेपाली कांग्रेसमा  प्रवेश बनाइदियो

प्युठान, प्युठानको प्युठान नगरपालिका वडा नम्बर ७ का १३ जना युवा एमालेले गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमाले प्युठानले आफूहरूलाई होली खेल्न बोलाएर पार्टीमा प्रवेश गरेको भनी कुप्रचार गरेको भन्दै शनिबार त्यही रिसमा पहिले कुनै पार्टीमा नरहेका उनीहरू नेपाली कांग्रेसमा आबद्ध भएका हुन्। नेकपा एमाले प्युठानको फेसबुक पेजमा चैत ३ गते नेपाली कांग्रेस प्युठानको हेडक्वाटर तथा गढ मानिने प्युठान नपा वडा नं ७ बाट शमशेर  नेपाली, भरत नेपाली, विजय नेपाली तथा गोविन्द थापालगायत ६७ जना युवाहरू नेकपा एमाले प्युठानमा पार्टी प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद तथा प्युठान सहइन्चार्ज हरिप्रसाद रिजाल, एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले स्वागत गरेका छन् भन्दै फोटोसहित पोस्ट गरिएको थियो।

तीमध्ये १३ युवाले शनिबार संयुक्त विज्ञप्ति जारी गरी उक्त कुरा झुटो भएको बताएका हुन्। ‘हामीलाई होली भन्दै बोलाइयो, होलीमा रङ दलिन्छ तर हामी पार्टी प्रवेश गरेका होइनौं’, विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘विगतमा हामी कुनै पार्टीमा नभए तापनि अब एमालेले नै हामीलाई कांग्रेस हेडक्वाटर बसी भनिसकेपछि आजैका मितिदेखि नेपाली कांग्रेसमा प्रवेश गर्द छौं।’

नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र बर्माले शनिबार बिहानै युवाहरू आफैलें आफूसहित कांग्रेस प्युठान नगर सभापति नेत्र केसी, क्षेत्रिय सदस्य गिरीराज पोखरेल लगायत कांग्रेसका नेताहरूलाई बोलाएर आफूहरूलाई अहिल्यै पार्टी प्रवेश गराउन आग्रह गरेको बताए। 

हामी प्युठान कांग्रेस हेडक्वाटरबासी रहेछौं, हामी अहिलेसम्म कतै थिएनौं अब तपाईंहरूसँगै हुन्छौं भन्दै विज्ञप्ति दिएपछि पार्टी प्रवेश गराइएको उपसभापति बर्माले जानकारी दिए। 

img