logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

img
लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बुटवल, लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ। यसका लागि आज दिउसो १ बजे प्रदेश सभको बैठक बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन पर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ।

पूराना महत्वपूर्ण योजनालाई निरन्तरता दिनुका साथै नयाँ योजना पनि ल्याउन लागिएको जनाइएको छ।

img