logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

तुलसीपुरमा भीषण आगलागी, एक बालिकासहित ५ जनाको मृत्यु

img
तुलसीपुरमा भीषण आगलागी, एक बालिकासहित ५ जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भीषण आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आगलागी हुँदा ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले काठमाडौं प्रेसलाई बताए । 

मृत्यु हुनेमा ४ पुरूष र १ बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन् । बिहान करिब २ बजेदेखि सुरु भएको आगलागी बिहान ५ बजे नियन्त्रणमा लिईएको डिएसपी अर्यालले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । 

img
img