logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु (नामसहित)

img
प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु  (नामसहित)

शनिवार, माघ २२ २०७८

प्युठान । प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु भएका आठ जनाकै पहिचान खुलेको छ ओखरपाटामा भएको दुर्घटनामा मृत्यु हुनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन् ।

मृतक आठ जनामध्ये एकै परिवारका तीन जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गौमुखी गाउँपालिका–६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा त्यही वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी– ६ लुङकी १८ वर्षीया विपना जीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो । रातभर पानी परेको र बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको डीएसपी थापाले जानकारी दिनुभयो ।

img
img