logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्यूठान– २ कांग्रेसले वडाबाट तथ्याङ्क माग्यो, शुरू भयो स्थानीय तहको निर्वाचनको काम

img
प्यूठान– २ कांग्रेसले वडाबाट तथ्याङ्क माग्यो, शुरू भयो स्थानीय तहको निर्वाचनको काम

प्यूठान । नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ ले स्थानीय तहको निर्वाचनको तयारी शुरु गरेको छ ।

शुक्रबार प्यूठानको जुम्रीस्थित आयुस्मामा बसेको कार्यसमिति बैठकले स्थानीय तहको निर्वाचनका लागि सबै वडा सभापतिलाई पत्राचार गरेर कांग्रेसको अवस्था के छ ? भन्नेबारे जानकारी गराउन निर्देशन दिने निर्णय गरेको सभापति रोज राणाले जानकारी दिए ।

उनले वडाहरूमो कांग्रेसको अवस्थाका बारेमा वडा सभापतिहरूमार्फत जानकारी लिएर सोही रणनीतिअनुसार प्रचार प्रसार गर्ने बताए ।

‘स्थानीय तहको निर्वाचन आइसक्यो । कांग्रेसलाई सबै वडा, पालिकामा जिताउनुपर्छ’, सभापति राणाले भने, ‘प्यूठानमा यस पटक कम्युनिस्टको पत्तासाफ पार्ने गरेर काम गर्छौं ।’

प्यूठान जिल्ला मसालको किल्लाका रुपमा परिचित छ । तैपनि कांग्रेस बलियो रुपमा अगाडि आइरहेको छ ।

बैठकबाट सभापति राणाले बिक्रम एमसी, पूर्णबहादुर श्रेष्ठ र विजय जिसीलाई क्षेत्रीय सदस्य पदमा मनोनीत गरिएको छ । प्रवक्तामा दामोदर पाण्डेलाई नियुक्त गरिएको छ । पार्टीका गतिविधिलाई प्रचार प्रसार गर्नका लागि प्रवक्ता बनाइएको हो ।

बैठकले प्यूठानमा हालै भएको जीप दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उप–सभापति बसन्त खड्काको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

दुर्घटनामा खड्काकी पत्नी ८ जनाको निधन भएको थियो । निधन भएका सबैका परिवारजनप्रति सभापति राणाले समवेदना व्यक्त गरेका छन् ।

img
img