logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालमा उपचार गराएमा, सरकारले क्यान्सरका बिरामीलाई दुई लाख दिने

img
प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालमा उपचार गराएमा, सरकारले क्यान्सरका बिरामीलाई दुई लाख दिने

रुपन्देही, लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमा रहेका क्यान्सर पीडितलाई उपचार राहत स्वरुप लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने भएको छ । क्यान्सर पीडितलाई उपचारमा केही राहत होस् भन्ने उद्देश्यले उक्त रकम दिइने गत साउन २८ गते गठबन्धनबाट मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

प्रेस संयोजक विकले भने, ‘मन्त्रिपरिषद् बैठकले क्यान्सर पीडित, मृगौला पीडित र मुटुको भल्भ फेरेका र फेर्ने भएकालाई सो रकम राहत स्वरुप प्रदान गरिने निर्णय भएको कताए । लुम्बिनी प्रदेश सरकारले क्यान्सर पीडितलाई दिने भनिएको राहत पाउनका लागि सम्बन्धित पीडितले वडा कार्यालयमा नागरिकताको प्रति, डाक्टरको सिफारिस र अस्पतालमा उपचार गराइरहेको र गराइसकेर औषधि सेवन गरिरहेका सम्पूर्ण कागजपत्र पेश गर्नुपर्ने र वडाले पालिकालाई, पालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाएको सिफारिसअनुसार पाउने प्रावधान उल्लेख गरिएको छ ।

त्यसरी उपलब्ध कागजपत्रको आधारमा पीडितलाई राहत दिइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले यस विषयमा प्रदेश सरकारसँग हालसम्म ४ वटा अस्पतालले काम गर्ने बताएको जनाए । उनले भने ४ मध्ये २ वटाले सम्झौता गरिसकेका छन् ।

जसमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, चितवन रहेका छन् । अन्य २ वटा भने चितवनकै एक निजी क्यान्सर मेडिकल र काठमाडौंको एक निजी क्यान्सर मेडिकल छन् । गिरीले हाम्राकुरासँग भने, ‘ती दुईको ठ्याक्कै नाम बिर्सिएँ हेर्नुपर्छ ।’

तीन विषयमा लुम्बिनी प्रदेश सरकारले राहत स्वरुप ३ करोड रुपैयाँ छुट्याएको बताइएको छ । बिरामीले प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालमा उपचार गराएमा मात्रै उक्त राहत बराबरको उपचार सेवा पाउने स्वास्थ्य निर्देशक डा. गिरीले स्पष्ट पारे ।

यसअघि बागमती र गण्डकी प्रदेशले प्रदेशका क्यान्सर पीडितलाई राहत स्वरुप ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

img