logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

हारेर पनि रियल सेमिफाइनलमा

img
हारेर पनि रियल सेमिफाइनलमा

काठमाडौं, गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा इंग्लिस क्लब चेल्सीसँग ३-२ पराजय भोगे पनि रियल सेमिफाइनलमा पुगेको हो। गत साता भएको क्वार्टरफाइनलमा पहिलो लेगमा ३-१ को जित निकालेकाले समग्रमा ५-४ को जितसहित रियल सेमिफाइनलमा पुगेको हो। मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चमक खेलमा चेल्सीका मासन माउन्ट, काइ हाभर्टज र टिमो वर्नरले गोल गर्दा रियलका रोड्रिगो र करिम बेन्जिमाले गोल गरे।

पहिलो लेगमा ३-१ ले पछि परेको चेल्सीले बर्नाबेउमा सुरुआतदेखि नै आक्रमक खेल खेल्यो। मासन माउन्टले १५औं मिनेटमै गोल गर्दै रियलमाथि दबाब दिए। पहिलो हाफमा १-० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलालाई समग्रमा ३-३ को बराबरीमा ल्यायो। ५१औं मिनेटमा उसका एन्टोनियो रुडिगुरले गोल गरेका थिए।

७५औं मिनेटमा वर्नरले गोल गरेपछि चेल्सीले खेलमा ४-३ को अग्रता लियो। तर, ८० मिनेटमा रियलले गोल गर्दै खेललाई समग्रमा ४-४ को बराबरीमा ल्यायो। लुका मोड्रिचको उत्कृष्ट पासमा रोड्रिगोले भली गोल गरे ।

निर्धारित समयमा त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयमा गयो। अतिरिक्ति समयको छैठौं मिनेटमा भिनिसियस जुनियरको पासमा करिम बेन्जिमाले हेडिङमार्फत गोल गर्दै रियललाई ५-४ को जितसहित सेमिफाइलनमा पुर्‍याए।

रियल मड्रिड ३१औं पटक च्याम्पियन्स लिगको सेमिफाइलनमा पुगेको हो। यो अन्य कुनै पनि क्लब भन्दा ११औं पटक बढी हो। चेल्सी रियल युरोपियन प्रतियोगिताको अवे गेलमा ३ गोल गर्ने दोस्रो इंग्लिस क्लब बनेको छ। यसअघि सन् १९६८ मा मान्चेस्टर युनाइटेडले रियलविरुद्ध ३ गोल गरेको थियो।

img