logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

‘बी’ डिभिजन लिगको पहिलो दिन तीन खेल

img
‘बी’ डिभिजन लिगको पहिलो दिन तीन खेल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलप्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल हुनेछ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

img