logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

रोहितको शतकका बाबजुद नेपाल पपुवा न्यगिनीसँग ६ रनले पराजित

img
रोहितको शतकका बाबजुद नेपाल पपुवा न्यगिनीसँग ६ रनले पराजित

काठमाडौं, युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको बहादुरीपूर्ण ब्याटिङका बाबजुद नेपाल घरेलु मैदानमा पपुवा न्युगिनीसँग पराजित भएको छ। २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालका लागि १९ वर्षीय रोहितले शतकीय इनिङ खेलेपनि नेपाल ६ रनले पराजित भयो।

कीर्तिपुरस्थित टियू मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २८६ रन मात्र बनाउन सक्यो। नेपालको माथिल्लो क्रम पुनः एकपक चल्न नसक्दा नेपाल कीर्तिमानी लक्ष्य पछ्याउन असफल भयो। 

रोहितको बहादुरीपूर्ण ब्याटिङ

पहिला ब्याटिङ गर्दै पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाललाई जित नजिक पुर्‍याउन रोहितकुमार पौडेलले बहादुरीपूर्ण ब्याटिङ गरे। रोहितले १०७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै १२६ रन बनाए । 

रोहितको यो करिअरको पहिलो शतक हो भने एकदिवसीय क्रिकेटमा नेपालको दोस्रो शतक हो । यस्तै, एकदिवसीयमा नेपालको यो सर्वाधिक उच्च स्कोर पनि हो । यसअघि पूर्वकप्तान पारस खड्काले ११५ रन बनाएका थिए। 

यो शतकीय योगदान इनिङसँगै रोहित एकदिवसीय क्रिकेटमा नेपालका सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। रोहितले १६ खेलमा १ शतक र ४ अर्धशतकसहित ५८८ रन बनाएका छन्। रोहितले १९ खेलमा ४८० रन बनाएका पूर्वकप्तान ज्ञानेन्दै मल्ललाई उछिनेका हुन्।

यसैगरी ओपनर कुशल भुर्तेलले २८ बलमा ३२ रन बनाउँदा आरिफ सेखले ६४ बलमा ३४ रन बनाए । यस्तै, सोमपाल कामी र कमलसिंह ऐरीले समान १८ रन बनाउँदा नेपाल लागि पहिलो पटक ब्याटिङ गरिरहेका भीम सार्कीले १७ रन बनाए । यस्तै, यसैखेल मार्फत राष्ट्रिय टिममा डेब्यू गरेका देव खनाल शुन्य रनमा आउट भए।

पपुवा न्युगिनीका नोर्मन भानुआले ३ विकेट लिए भने कप्तान असद भाला र चार्लस अमिनीले समान २ विकेट लिए।


बलिङ नचल्दा नेपाललाई विशाल लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा एकदिवसीय सिरिज खेलिरहेको नेपालले पपुवा न्युगिनीविरुद्ध खराब बलिङ गरेपछि नेपालले एकदिवसीय क्रिकेटकै सर्वाधिक ठूलो २९३ रनको लक्ष्य पायो । पपुवा न्यगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २९२ रन बनायो। एकदिवसीय क्रिकेटमा पपुवा न्युगिनीको यो 

उसका लागि चार्लस अमिनीले सर्वाधिक ७७ रन बनाए । उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रन बनाए। यस्तै कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रन बनाउँदा नर्मन भानुआले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। यस्तै, टोनी उराले ३८ तथा रिलेइ हेकुरेले ३१ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । २ विकेट लिए पनि सोमपाल निकै महँगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए । यो एकदिवसीय क्रिकेटमा नेपाली बलरको सबैभन्दा महँगो स्पेल हो। यस्तै, कमलले ९ ओभरमा ५६ रन खर्चिए । 

यस्तै, कप्तान सन्दीप लामिछाने पनि घरेलु मैदान महँगो बने । उनले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए। यस्तै, पनव सर्राफको नाममा पनि १ विकेट र्हयो । किफायति बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रन मात्र खर्चिए।

img