logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मनाङ र फ्रेन्ड्स क्लब खप्तड गोल्डकप उपाधिका लागि भिड्दै

img
मनाङ र फ्रेन्ड्स क्लब खप्तड गोल्डकप उपाधिका लागि  भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् ।

यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् ।

मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्सले वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले २१ लाख नगद र उपविजेता टोलीले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

img