logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

नेपाल र पपुवा न्युगिनी त्रिदेशीय सिरिजको उपाधिका लागि भिड्दै

img
नेपाल र पपुवा न्युगिनी त्रिदेशीय सिरिजको उपाधिका लागि भिड्दै

काठमाडौं,  त्रिदेशीय टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्न लागेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३० बजे नेपाल र पपुवा न्युगिनीको खेल हुनेछ। यस प्रतियोगितामा मलेसिया लिग चरणबाटै बाहिरिएको छ भने नेपाल र पपुवा न्युगिनी फाइनलमा पुगेका हुन्।

त्रिदेशीय सिरिजमा तीनै देशले एकअर्कासँग दुई दुई खेल खेलका थिए। जसमा नेपालले चारै खेल जितेर ८ अंक जोडेको छ।

त्यस्तै, पपुवा न्युगिनी र मलेसियाले एकएक खेल जितेर दुई दुई प्राप्त गरेका छन्। रन रेटका आधारमा पपुवा न्युगिनी फाइनलमा पुगेको हो।

img
img