logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

img
नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

काठमाडाैं, अनिल साह, आसिफ सेख र कुशल भुर्तेल चम्किएपछि आइसिसी विश्वकप लिग-२ मा नेपालले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी लिग–२को पहिलो क्रिकोणात्मक सिरिजका दोस्रो खेलमा अनिल, आसिफ र कुशल चम्किएपछि नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो। पहिला ब्याटिङ गर्दै नेदल्यान्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई सानदार जित दिलाउने क्रममा अनिल साह र आसिफ सेखले अर्धशतक बनाए। अनिलले सर्वाधिक ५७ रन बनाए। आक्रमक इनिङ खेलेका अनिलले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। लामो समयपछि टिममा पुनरागन गरेका अनिलको उत्कृष्ट फर्ममा छन्। उनले क्यानडाविरुद्धको सिरिजका २ खेलमा एक अर्धशतक र शतक प्रहार गरेका थिए।


यस्तै, आसिफ सेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दैै ५४ रन बनाए। ४७ एकदिवसीय खेलमा आसिफको यो ११औं अर्धशतक हो। उनले १ शतक पनि प्रहार गरेका छन्। आसिफ र अनिलले दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए। त्यसअघि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। उनले ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। नेपालको एकमात्र विकेट भिभिन किंगमाले लिए। त्यसअघि पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै अलआउट भएको थियो। नेदरल्यानड्सका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन बनाए। उनले ४९ बलमा खेल्दै १ चौका प्रहार गरे। यस्तै, बास डे लिडले सर्वाधिक २७ र सेब्रान्ड इन्गेलब्रेचले २३ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्। 

नेदरल्यान्ड्सको इनिङ धरासायी बनाउने क्रममा कुशल ७ ओभरमा २० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी र कप्तान रोहित पौडेलको नाममा पनि समान १ विकेट रह्यो।

img