काठमाडौं । चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले भने एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्दको समेत आह्वान गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।





















