logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

नाउपाले फिर्ता लियो सरकारलाई दिएको बिस्वासको मत

img
नाउपाले फिर्ता लियो सरकारलाई दिएको बिस्वासको मत

२२ असार,काठमाडौँ,सरकार र नागरिक उन्मुक्ति पार्टी बीचको दुरी बढ्दै जादा नागरिक उन्मुक्ति पार्टीले आइतबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ । पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर पत्र बुझाउदै विश्वासको मत फिर्ता लिएको  जानकारी दिइन् ।

बिस्वासको मत फिर्ता लिए सगै संघिय र प्रदेश सरकार बाट पनि नाउपा बाहिरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरी सरकारबाट फिर्ता भइसकेका छन् । त्यस्तै सुदूरपश्चिम , लुम्बिनी र मधेस प्रदेश सरकारबाट पनि नागरिक उन्मुक्ति पार्टी बाहिरीसकेको  छ ।

संविधानको धारा १०० उपदफा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासका मतको लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने उल्लेख छ ।

नागरिक उन्मुक्ति पार्टीको यो निर्णयसँग संघीय र प्रदेश सरकारले समेत विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको छ। ।

 

 

img