प्युठान नगरपालिका वडा नं ८ बाग्दुला, ताल की आध्या के.सी. मात्र ६ वर्षकी भइन् तर उनले अल सर्च न्युज अनलाइन टि.भि. मा समचारवाचिका भएकी छिन् । उक्त टि.भि. मा दिन भरिका खबर मध्ये सबैभन्दा विशेष समाचार लाई ताजा खबर बनाई उनले वाचन गर्ने गर्दछिन् । क्यामराको अगाडी रहेर समाचार वाचन गर्न पाउँदा उनी निकै खुसी देखिन्छिन् । उनका बाबा पदम बहादुर के.सी. जो कार्यकारी सम्पादक हुनुहुन्छ उहाँले आध्या के.सी.लाई सहयोग गर्नु भएको छ । उनको पहिलो प्रयास यस्तो रह्यो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् https://youtu.be/hKcqq_cqT9E । यस अघि संसारकै कान्छा उमेरको पत्रकारितामा प्यालेष्टाइनकी जाना जिहाद हुन । उनले सात बर्ष उमेर हुदाँ पत्रकारिता सुरु गरकी थिईन अहिले उनको उमेर अठार वर्ष भएको छ ।