logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

रसियाका पैँतिस सय सैनिक मारिए, १४ विमान कब्जा : युक्रेन सेना

img
रसियाका पैँतिस सय सैनिक मारिए, १४ विमान कब्जा : युक्रेन सेना

किएभ: युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ। युक्रेनका सेनाले रुसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ। 'अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ,' युक्रेनका सेनाले दाबी गरेका छन्। 

युक्रेनले रसियाको १४ वटा विमान र १०२ वटा ट्यांकसमेत कब्जामा लिएको जनाएको छ। तर अन्तर्राष्ट्रिय एजेन्सीहरुले यसको औपचारिक पुष्टि भने गर्न सकेको छैन। 

img