logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

तालमेलको स्वरुप बारे थप निर्णय गर्दै सत्ता गठबन्धन

img
तालमेलको स्वरुप बारे थप निर्णय गर्दै सत्ता गठबन्धन

काठमाडौँ, आसन्न स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छलफलमा जुट्दै छ । भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि बैठक बस्ने भएको छ । गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताउनुभयो । १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिका स्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।

तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।

गठबन्धन विरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन । नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसक्नुभएको छ । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।

img