logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सुमेरु पर्वतमा बाटो तयार

img
सुमेरु पर्वतमा बाटो तयार

सोलुखुम्बु,  विश्वको सर्वोच्च शिखर सुमेरु पर्वतको,सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो। सगरमाथाको दोस्रो शिविर ६ हजार ४०० मिटरको उचाइमा छ।सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार ६ जना आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्।

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए। एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन्। आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधारशिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ।

यस पटक आधारशिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्‍याङ प्रयोग गरिएको उनले जानकारी दिए। यसअघि सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो।

दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ। आधारशिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने  प्रचलन रहेको छ।

img