logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सीट बाँडफाँड टुंग्याउन गठबन्धनको बैठक

img
सीट बाँडफाँड टुंग्याउन गठबन्धनको बैठक

काठमाडौं, आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने जनाइएको छ। शनिबारको अबेर रातिसम्म बसेको बैठकमा निश्कर्षमा पुग्न नसकेपछि गठबन्धनका शीर्ष नेता आज पनि छलफल गर्न लागेका हुन्।

आज बस्ने बैठकमा पनि सीट बाँडफाँडका विषयमा छलफल हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार सीट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ।

गठबन्धनले सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्षनेतालाई नै जिम्मेवारी सुम्पेको थियो।

केही दिनदेखि पाँचै दलका शीर्षनेता छलफलमा जुटेका छन्। तर, सीट बाँडफाँडको विषय टुंगो लाग्न सकेको छैन।

गठबन्धनमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीट दाबी गरेको छ।

img