२६
भदौ, काठमाण्डौ, संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास
नेम्वाङको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको खबरले सिङ्गो देश नै शोकमा डुबेको छ
। नेम्वाङ
गएराती आफ्नो निवास भित्रकै शौचालयमा
बेहोस अवस्थामा फेला परेपछि परिवारका सदस्यहरुले त्रिवि
शिक्षण अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । उनको पार्थिव
शरीर आज
दिनभर नेकपा एमालेको मुख्यालय च्यासलमा
राखी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । आजै मंगलबार
बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ
अन्त्येष्टि गर्ने सो
दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सस्कृती
मन्त्री सुदन किरातिले जानकारी दिएका छन
।





















