logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

img
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेन्डा रहेको जनाइएको छ ।

यस्तै, गठबन्धन अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा गहन छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् ।

सुरुवातमा सत्ता गठबन्धनमा पाँच दल रहेकामा राष्ट्रिय जनमोर्चा गठबन्धनबाट अलग भइसकेको छ । अहिले गठबन्धनमा चार दल छन् ।

img