logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

५ मिनेट बसेर सकियो संसद् बैठक, अर्को बैठक फागुन ६ गते

img
५ मिनेट बसेर सकियो संसद् बैठक, अर्को बैठक फागुन ६ गते

काठमाडौँ । प्रतिनिधिसभाको बुधबार(आज)को बैठक करिब ५ मिनेट बसेर सकिएको छ । नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिय। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

img