logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रतिनिधि सभा बैठक आज बस्दै-के होला महाअभियोग प्रस्ताव ?

img
प्रतिनिधि सभा बैठक आज बस्दै-के होला महाअभियोग प्रस्ताव ?

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको १०औं अधिवेशनको १०औँ बैठक आज बस्न लागेको हो।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७र७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। अघिल्लो बैठकबाट बाहिरिने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए।

यसैबीच, संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजेसंसद भवनमै बस्दै छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ। सभामुखले १४ जना सांसदलाई कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको हो।

img