logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पेट्रोल, डिजेल र मट्टितेलमा भाउ घट्यो , ग्यासको घटेन

img
पेट्रोल, डिजेल र मट्टितेलमा भाउ घट्यो , ग्यासको घटेन

काठमाडौँ , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।​ सोमबार बसेको निगमको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमका अनुसार प्रति सिलिण्डर निगमलाई १ रुपैयाँमात्रै फाइदा छ । यसअघि प्रति सिलिन्डर १६० रुपैयाँ घाटा थियो । 


img