logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

img
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।

फागुन २० देखि केन्द्रीय कमिटी बैठक चलेको थियो। एमसिसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल भएका छन्।

माओवादीले गत पुसमा महाधिवेशन गर्दा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए। माओवादीका एक नेताका अनुसार पदाधिकारी चयन गर्ने, स्थायी कमिटी, पोलिटव्युरो गठन गर्नेजस्ता विषयमा आज केन्द्रीय कमिटीमा छलफल हुनेछ।

माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिइसकेको छैन। माओवादीमा पार्टी पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशनको हलले केन्द्रीय सदस्यहरूलाई दिएको थियो।

img