काठमाडौं, मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ। गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो। क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।





















