logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, ओलीलाई भेट्न प्रधानमन्त्री देउवा लागे बालकोट

img
प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, ओलीलाई भेट्न प्रधानमन्त्री देउवा  लागे बालकोट

काठमाडौं – प्रतिनिधिसभाको भोलिको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभा सचिवालयले आइतबारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

भोलि प्रतिनिधिसभाको बैठक १ बजे बस्ने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएकोे छ । त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उहाँले बताउनुभयो ।

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नुभएको छ । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी) माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट लागे

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाननुभएको छ ।

प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोटतर्फ जानुभएकोखकाँग्रेस महामन्त्री गगन थापाले बताउनुभयो ।

प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट जानुभएको छ ।

img