logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कानुन भएको भए नेताहरु जेलमा हुन्थे

img
कानुन भएको भए नेताहरु जेलमा हुन्थे

काठमाडौँ ,  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू जेलमा हुने बताएका छन् । मङ्गलवार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 


उनले भने, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरू जो हुनुहुन्छ । म आदर गर्दछु । उनहरूले समयमा आफ्नो बेलामा काम गर्नुभयो । तर अहिले मुलुक चलाउन सक्नुभएन । त्यस कारण भाषण गर्नेहरूले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरूको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरू, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरू र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो । राजनीतिक पार्टीहरू आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्न सक्छ । यो देशमा कानुनले काम गर्न सक्छ । यो देशमा कानुनले काम गरेको भए ठुलाबडा कर्मचारीहरू, ठुलाबडा लामो समय राजनीतिक गरेकाहरू धेरैजसो जेलमा भेटिन्थे ।’

img