logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

१५ दिनमा ५०० प्रतिशतले दिल्लीमा बढ्यो कोरोना संक्रमण

img
१५ दिनमा ५०० प्रतिशतले दिल्लीमा बढ्यो कोरोना संक्रमण

भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो १५ दिनमा ५०० प्रतिशतले कोरोना भाइरसको संक्रमण फैलिएको देखिएको छ । दिल्ली राजधानी क्षेत्रका १९ प्रतिशत बासिन्दाहरूले एक सर्वेक्षणका क्रममा प्रतिक्रिया दिँदै पछिल्लो १५ दिनमा आफ्नो नजिकका एकदेखि दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।

सर्वेक्षण सञ्चालन गर्ने फर्म लोकलसर्कलले पछिल्लो १५ दिनमा कोभिड१९ को संक्रमण ५०० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएको हो ।दिल्लीमा शनिबार ४६१ नयाँ संक्रमित थपिएका थिए । संक्रमण बढ्न थालेसँगै मास्क अनिवार्य र परीक्षण बढाउनु पर्ने कुरा उठेको छ ।

कांग्रेस नेता राहुल गान्धीले आइतवार सरकारको लापरवाहीको कारण कोरोनाभाइरसको महामारीको समयमा ४० लाख भारतीयको मृत्यु भएको दाबी गरेका छन् । उनले एक पटक फेरि मृतक सबैका परिवारलाई प्रतिपरिवार चार लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत माग गरेका छन् ।

दिल्लीमा संक्रमण बढेसँगै विद्यालयहरुमा कडाइ सुरु हुन थालेको छ ।

img