काठमाण्डौं, हिसानको आठौ राष्टि्य महाधिवेशनको अवसरमा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा राखेका छन् । नेपाली काग्रेसका महामन्त्री गगन थापाले २०६२ सालको जनआन्दोलनको कारण शिक्षा क्षेत्रमा प्रगति नभएको बताए । राज्यको निर्देशनमा निजि क्षेत्रका शिक्षालयहरु निरन्तर शिक्षाको सेवा दिनु पर्ने बताए । चुनाव पछि मुनाफा वितरण गर्ने र मुनाफा वितरण नगर्ने निजि शिक्षालयहरुलाई कसरी हेर्ने सम्बन्धमा प्रबन्ध मिलाउन सरकारको पहिलो काम हुने बताउनु भयो । कोहिले निजि क्षेत्रमा आफ्ना छोरा छोरी पढाउने र कार्यक्रममा गएर निजि क्षेत्रको खरो खन्ने प्रवृक्ति नदेखाउन आग्रह गरे । निजि क्षेत्रको शिक्षालयहरुले गुणस्तर प्रदान गरेका छन त भन्ने मापदण्ड बनाउन आवश्यक रहेको कुरा बताए ।
सहभागि सम्पुर्ण शिक्षाबिदले परिक्षामा पास र राम्रो अंक मात्र लिएको आधारमा गुणस्तरीय शिक्षा प्रदान गरेको भन्न नसकिने बताए । रोजगारीका लागि विदेश पलाएन गर्ने शिक्षा भएको भन्ने पनि चिन्ता ब्यक्त गरे । अब आफ्ना कलकारखान तथा व्यापारिक प्रतिष्ठानलाई चाहिने उपयुक्त जनशक्ति उत्पादनको लागि ति व्यापारिक प्रतिष्ठानहरुले निजि आफ्नै विश्वविधालय खोल्ने छन भन्ने दुरदर्शी वहस पनि हिसान शिक्षा बहस मा शिक्षाविदहरुले बताए ।





















