काठमाडौं, नेपाली कांग्रेसका सांसद डा मिनेन्द्रप्रसाद रिजालले स्थानीय तहको निर्वाचनमा एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्ने आरोप लगाउने एमालेले अहिले आएर हार स्वीकार गर्न नसकेर गलत प्रचार गरेको उल्लेख गर्दै लोकप्रिय मतका आधारमा पनि कांग्रेस माथि नै रहेको बताएका छन्। उनले पछिल्ला सबै निर्वाचनको विवरण पेश गर्दै कुन कालखण्डमा एमालेले लोकप्रिय मत प्राप्त गरेको हो भन्ने विषयमा इतिहास हेर्न आग्रह गरे।
विपी कोइरालालाई नेपाल ताराको सिफारिस गर्नेले नै गलत टिप्पणी गरेकामा रिजालले आपत्ति प्रकट गरे। यो संसद्को कार्यकालमा कहिल्यै पनि एमालेको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरेको यर्थाथता प्रस्तुत गर्दै उहाँले नेकपाको सरकारको कार्यक्रम मात्रै आएको बताए।
आफूले गर्न नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जथाभावी भन्न थालेको उल्लेख गर्दै डा रिजालले वर्तमान सरकारले राखेका कार्यक्रम आफ्ना लागे त्यसलाई खारेज गराउन चुनौती दिए । पछिल्लो चार वर्षको समय त्यतिकै खेर गएको उनको भनाइ थियो।
रेल र पानीजहाजको सपना बाँड्दा यर्थाथताको धरातलाई सम्झन एमाले नेतृत्वलाई उनले सचेत गराए। डा रिजालले भने, ‘हजार माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ भन्ने तथ्यलाई आत्मसात् गरौँ ।





















