logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गोरखाको ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलायो

img
गोरखाको ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलायो

काठमाडौं,  गोरखाको भीमसेन थापा गाउँपालिका–२ को ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। मनिषाको तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

‘प्रहरीका अनुसार कांग्रेस र माओवादीका कार्यकर्ताहरु झडप गर्दै मतपेटिका राखेको कोठामै छिरेपछि प्रहरीले गोली चलाएको हो,’ गोरखाका एसपी केदार खनालले भने। 

घाइते मनिषाको अवस्था गम्भीर नरहेको बताइएको छ।

img