logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गठबन्धन राष्ट्रिय आवश्यकता हो - शशांक कोइराला

img
गठबन्धन राष्ट्रिय आवश्यकता हो - शशांक कोइराला

कावासोती, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस पूर्वी नवलपरासीले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानको समापन तथा वीपी जयन्ती कार्यक्रममा सहभागी हुन आएका कोइरालाले यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।’ कार्यक्रममा बोल्दै कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानु परेको बताएका हुन् ।

img