logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गठबन्धनको निर्वाचन प्रतिवेदनको अध्ययन र विश्लेषण

img
गठबन्धनको निर्वाचन प्रतिवेदनको अध्ययन र विश्लेषण

काठमाडौं,  पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुषालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुषालले बताए । 

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् । 

यता, नेकपा एसका नेता जीवनराम श्रेष्ठले एउटै पार्टीमा पनि सहमति हुन गार्हो हुने भएकाले पाँच दलको निचोड निकाल्न केही समय लाग्ने तर सहमतिमै सबै हुने बताए । उनले भने, ‘साँघुरिँदै छ छिट्टै समाधान हुन्छ ।’

img