logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गठबन्धनले जिसस र कार्यपालिकामा सहमति गर्ने

img
गठबन्धनले जिसस र कार्यपालिकामा सहमति गर्ने

काठमाडौं, पाँच दलीय गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि सहमति गर्न निर्देशन दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले जिसस र कार्यपालिकामा सहमति गर्न गठबन्धनमा आवद्ध दलका नेतृत्वले आ–आफ्नो पार्टीको प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको हो। 

स्थानीय तह निर्वाचन र आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले ल्याएको बजेटको समीक्षा गर्न बसेको बैठकपछि जारी भएको विज्ञप्तिमा भनिएको छ– बैठकले अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्लिा समन्वय समिति र बाँकी रहेका पालीकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ना आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ। 

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागि थिए। 

img