logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मोबाइल बिगारेको भन्दै मार्ने पक्राउ

img
मोबाइल बिगारेको भन्दै मार्ने पक्राउ

झापा,आफ्नै पत्नीको हत्या गरेको आरोपमा आज (सोमबार) बिहान झापाबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

उनले ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मोबाइल बिगारेको विषयमा अमरबहादुरले आफ्नै पत्नीको हत्या गरी आफैंं सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएको र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

img