logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

८ हजार १७ संक्रमित थपिए, एकै दिन १५ जनाको मृत्यु

img
८ हजार १७ संक्रमित थपिए, एकै दिन १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एकै दिन थप १५ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । यसअवधिमा ८ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् ।५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा ३ हजार १४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।

img