काठमाडौं, सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न तीन बजे गठबन्धन दलको बैठक बस्न लागेको प्रधानमन्त्री शेर बहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु उपस्थित हुनेछन्।
स्थानीय तहको निर्वाचन र आइतबार संसदमा प्रस्तुत भएका बजेटको समीक्षा गर्न बैठक बस्न लागेको हो।





















