असोज १,
२०८० काठमाण्डौ, नेपाली नारीहरुको महान चाड तीज आज
भाद्र शुक्ल तृतीया का दिन श्रद्धाका साथ
पशुपतीनाथ मन्दिर परिसर लगायत शिवालयहरुमा भेला भएर देशभर धुमधामसित तीज पर्व
मनाइदै छ । रंगीचंगी बस्त्रमा सजिएका व्रतालुहरु
श्रद्धालु भक्तजनहरु तीजको अवसरमा शिवालयहरुमा नाचगान गरिरहेका छन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्री महादेव पति पाएको विश्वासमा
यो व्रत सुरु भएको पौराणिक मान्यता छ । भाद्र शुक्ल तृतीयामा निराहार व्रत बसी शिव
पार्वतीको पूजा,
उपासना गरेमा मनोकामना पूरा
हुने, पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको
हुँदा अविवाहित महिलाले राम्रो पति पाउने र विवाहित महिलाले परिवार र श्रीमानको
राम्रो होस् भन्ने कामना सहित व्रत बस्ने
चलन छ ।

समाचार
आज हरितालिका तीज पर्व पूजा आराधना गरी मनाइँदै




















