२१ औं शताब्दीका मानिसहरु आकाश छुने, चन्द्रमामा आफ्ना सपनाका घर बनाउन चाहान्छन् । तर, विश्वमा यस्ता ठाउँहरु पनि छन् जहाँको बनावट र रहनसहनले मानिसहरुलाई आश्चर्यमा पार्छ । त्यस्ता अजिब बस्तीहरुमा मानिसको बसोबास पनि छ । भने, त्यहाँको लोकप्रियताका कारण पर्यटकको पनि घुँइचो लाग्ने गर्छ ।
कुबरपेन्डी
दक्षिण अष्ट्रेलियामा कुबरपेन्डी नामको एउटा विचित्र गाउँ छ । यो गाउँ जमिनमुनि रहेको छ । ‘द माइनिङ टाउन’ को नामले चिनिएको उक्त गाउँमा चर्च, मुजियम, आर्ट ग्यालरी, बार, होटल, शुटिङ स्पट, मलहरु र भव्य घरहरु पनि छन् । त्यहाँ जमिनमुनिको तापक्रम कम छ । चिसो पनि अत्यधिक हुन्छ ।

हुआकाचाइना
पेरुमा हुआकाचाइना नामक एउटा सानो ठाउँ छ । जुन बालुवाको थुप्रोले घेरिएको छ । स्वर्ग जस्तै देखिने कस्बा रेगिस्तानको बीच भागमा पनि हरिया रुखबिरुवा छन् । निलो पानीको सुन्दर तलाउ छ । हुआकाचाइनामा रेस्टुरेन्ट, पसलहरु र लाइब्रेरीको पनि सुविधा छ । 
ह्याङ्गिङ म्यानेस्ट्री
चीनमा पाँचवटा खतरनाक पहाडहरु छन् । जसमध्ये शांझी प्रान्तमा ह्याङ्गिङ माउन्टेन छ । पहाडको छेउमा झुण्डिरहेका घर बनाइएको छ । यो घरहरुको तल गोल्डन नदी बगिरहेको छ । बाढीबाट बच्न यी घरहरु निकै माथि बनाइएको छ ।

ओगाशिमा
फिलीपीन सागरको बीचमा एउटा आइल्याण्ड छ । विश्वकै बहादुर गाउँको रुपमा परिचित यो स्थानको उचाई ४२३ मिटर छ । करिब ६ किलोमिटरमा फैलिएको यो ठाउँमा सन् १७८० मा भएको ज्वालामुखी विस्फोटले मानिसहरुलाई उक्त ठाउँ छोड्न वाध्य पारेको थियो । तर, उक्त घटनाको ५० वर्षपछि पुनः मानिसहरुले बस्ती बसालेका छन् ।

आन्ड्रिडल
नर्वेको आन्ड्रिडल विश्वका सुन्तर देशहरुको सूचीमा आउँछ । यो शहरलाई रंगीबिरंगी शहरको रुपमा चिनिन्छ । तालको बीचमा निर्माण गरिहएको यो शहर निकै आर्कषक देखिन्छ । सन् १९८८ भन्दा अगाडि यहाँ केवल माझी बस्ती थियो ।

आइसरटोक
ग्रीनल्याण्डको आइसरटोक पनि सपनाको शहर हो । मानिस बस्नका लागि अयोग्य ठाउँ अहिले विश्वमा सुन्दर शहरको रुपमा परिचित छ । मासुमा मात्र निर्भर रहन पर्ने उक्त ठाउँमा खेतीपातीको सम्भवाना नै थिएन । तर, अहिले सुपरमार्केटदेखि सबै सुविधाहरु उपलब्ध छ ।

गोरम
यो वास्तवमा खुल्ला हावाको म्युजियम हो । जहाँ चट्टानभित्र बनेको चर्च र घरहरु देख्न सकिन्छ । टर्कीमा रहेको यो ऐतिहासिक ठाउँमा कप्पाडोसिया प्रान्तमा छ । यो शहर प्राचिन मल्टी लेभल अन्डरग्राउण्ड शहर पनि हो ।






















