logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त जहाज

img
कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त  जहाज

काठमाडौं,  आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा दुर्घटना अवस्थामा भेटिएको छ। स्थानीयवासी दुर्घटनास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा विमान भेटिएको जानकारी पछि सुरक्षाकर्मी दुर्घटनास्थलतर्फ लागेका छन् । आईतबार विहानदेखि सम्पर्कविहिन विमानको खोजीमा सोमबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरु लागेका छन् ।

खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएको थिएन् । आज विहानैदेखि विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ ।

 

फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी सुरु गरेका छन् भने स्थलमार्गबाट सुरक्षा निकाय तल्लिन छन्। नेपाली सेनाका अनुसार आशंका गरिएका ठाउँ वरपर आज विहानैदेखि खोजी कार्य भइरहेको थियो।

आजपनि उक्त क्षेत्रको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् । दुर्घटनास्थल नजिकै सेनाको हेलिकप्टर ल्यान्ड गरेको छ ।

img
img