logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

बुद्धि अधिकारी र रचना रिमालको नयाँ गीत "दर्पण छायाँले" सार्वजनिक

img
बुद्धि अधिकारी र रचना रिमालको नयाँ गीत "दर्पण छायाँले" सार्वजनिक

चितवन रत्ननगर - १५ का बुद्धि अधिकारीको नयाँ धमाकेदार गीत "दर्पण छायाँले" सार्वजनिक गरेका छन्। स्थायी घर चितवन भएपनि लामो समयदेखि  क्यानडामा ब्यवसाय गर्दै आएका तथा गायक बुद्धि अधिकारीको यो दोस्रो नयाँ गीत रहेको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार गीतमा गायिका रचना रिमाललाई बुद्धि अधिकारीले स्वरमा साथ दिएका छन् । राजकुमार बगरको शब्द,संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भएको छ ।

जसमा चर्चित टिकटकर उषा उप्रेती,सुरेश कोहलीको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सफल ब्यवसायी बुद्धि अधिकारीको निर्माण रहेको भिडियोमा अजय रेग्मीको छायांकन,अमृत चापागाईंको सम्पादन छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।

गायक बुद्धि अधिकारीले आफ्नो अफिसियल युटुब च्यानल बुद्धि अधिकारी अफिसियल बाट सार्वजनिक भएको छ । पहिलो गीत "पोखरामा" जसरी श्रोताले मन पराएका थिए त्यसैगरी यो गीतलाई श्रोता तथा दर्शकले रुचाउने विश्वास गायक अधिकारीले लिएका छन् । "दर्पण छायाँ" ले लगत्तै तेस्रो गीत सार्वजनिक गर्नेसमेत मिडियालाई जानाकारे दिएका छन्। 

img
img