logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

बन अग्नि नियन्त्रक सेना भर्ना गर्नुपर्छ

img
बन अग्नि नियन्त्रक सेना भर्ना गर्नुपर्छ

अहिले नेपालका केही जगंलहरुमा आगो लागिरहेको छ । निरन्तर डढेलो तथा आगोका कारण जन, धन र प्राकृतिक स्रोत हरुको विनाश भइरहेको छ । बर्षेनी यस्ता किसिमका घटनाहरु नेपालमा भईराख्छन तर सम्बन्धित निकायहरुले भने कुनै पनि प्रकारका सावधानीहरुका जनचेतनामुलक कार्यक्रमहरु अगाडी सारेको पाईदैन् । हाम्रो नारा 'हरियो बन नेपालको धन' परिवर्तन भएर 'डढेलो लाग्ने बन, आत्तिरहन्छ मन' भन्ने भएको छ ।

यदि, समयमै सरोकारवाला निकायहरुले आवश्यक पुर्व तयारी र विभिन्न किसिमका कार्यक्रमहरु ल्याउँदैनन् भने सामुदायिक बन लाई गम्भीर किसिमले सोच बिचार गरि कडा भन्दा कडा नियम लिनु पर्ने देखिन्छ । केही महिना सरोकारवाला निकायहरुले कम्तीमा तिन महिनाको लागि बन अग्नि नियन्त्रक सेना भर्ना गर्न सकिन्छ । बन भरि ति सेनाहरुले चुनावको समयमा म्यादी प्रहरीले गरेका जस्तै बन संरक्षण गर्न सक्नछन् । 

(लेखक पिबि के.सी. कार्यकारी सम्पादक हुन)

img
img