logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सहमति जुटाएर एमसीसी टेबुल गर्छौं : कानुनमन्त्री बडु

img
सहमति जुटाएर एमसीसी टेबुल गर्छौं : कानुनमन्त्री बडु

नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसिसी प्रतिनिधिसभामा पेस हुने बताएका छन्। संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुधबार मन्त्री बडूले सहमतिकै लागि आज पेस नगरिएको भन्दै अबको दुई दिनमा सबै सहमति गरेर पेस गर्ने बताए।

‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने ।

आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’

उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ । मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौं ।’

सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने उनले बताए । उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । त्यसैले यसलाई टुंग्याउ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’

आजको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश हुन सकेन ।

 

 

img
img