logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पाठ्यपुस्तक नहुँदा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा

img
पाठ्यपुस्तक नहुँदा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा

काठमाडौं, नयाँ शैक्षिकसत्र शुरु भएको धेरै दिन बितिसक्दा पनि जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक दिन नसकेको भन्दै मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले चिन्ता व्यक्त गरेको छ ।

सरकारी स्वामित्वको मुद्रण संस्था जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेकोले वि.सं. २०६४ सालदेखि कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा निजी क्षेत्रलाई दिइएको छ ।

निजी क्षेत्रले आफ्नो जिम्मेवारी समयमै पूरा गरेपनि जनकशिक्षा सामाग्री केन्द्रले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा समस्या देखिएको छ । समयमै पाठ्यपुस्तकको छपाइ तथा वितरण नहुँदा विद्यार्थीको पढाइलाई असर परेको भन्दै मुद्रण व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले एउटा संस्था जोगाउने वहानामा लाखौँ विद्यार्थीको भविष्यलाई अन्योलमा पारेको मुद्रण व्यवसायीहरुको आरोप छ । उनीहरुले एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक छाप्न दिएमा १५ दिनभित्र सबैकाम सक्ने बताएका छन् ।

img