logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कोशी प्रदेशको इटहरीमा क्वीज धमाका

img
कोशी प्रदेशको इटहरीमा क्वीज धमाका
हिसान बाग्मती र कलेज रिर्डस द्धार आयोजित  नेपाल भरि चल्ने एकेडेमिक क्वीज, कोशी प्रदेशको इटहरीमा भव्य रूपले सम्पन्न भएको छ । क्वीजमा धरान, सुनसरी, मोरङ, इटहरी, विराटनगर र झापाका सरकारी र संस्थागत कलेजबाट करिब २५० विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी तथा शिक्षासँग सरोकार राख्नेहरू एकदमै उत्साहित भएका थिए । 

उपस्थित प्रबुद्ध व्यक्तिहरूले नेपाल लाई विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनको लागि वैर भाव नराखी सम्पूर्ण शैक्षिक सङ्घ संस्थाहरू एकजुट भई लाग्नु पर्ने बताए ।  एकेडेमिक क्वीजले विद्यार्थीहरू लाई पढ्न र शैक्षिक संस्थाहरूलाई थप यस्ता क्रियाकलापमा अग्रसर भई विद्यार्थी भाइ बहिनीहरू लाई हौसला प्रदान हुने कुरा कलेज रिर्डसका सिईओ जितेन्द्र घिमिरेले बताउनु भयो । 
img
img