logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयले विविध विषयका कार्यक्रमहरु संचालन गर्नु पर्दछ : प्रा डा के आर दाहाल , क्याम्पस प्रमुख

img
लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयले विविध विषयका कार्यक्रमहरु  संचालन गर्नु पर्दछ :  प्रा डा  के आर दाहाल , क्याम्पस प्रमुख

के आर दाहाल , पेसाले इन्जिनियर  हुनुहुन्छ  बिगत एक दशक देखि लुम्बिनी एकेडेमी अफ साइन्स एंड टेक्नोलोजी को प्राचार्य( क्याम्पस प्रमुख )को रुपमा कार्यरत हुनुहुन्छ । सर्च अल नेपाल डट कम का सम्पादक र टिम सितको  लुम्बिनी बुद्धिस्ट विश्वविद्यालय , लुम्बिनी एकेडेमी अफ साइन्स एंड टेक्नोलोजी र विविध शिक्षा सम्बन्धि  कुराकानीमा आधारित उहासित गरिएको अन्तर्वार्ताको अंश

    लुम्बिनी एकेडेमी अफ साइन्स एंड टेक्नोलोजी कलेजको बारेमा बताईदिनुहोस न

लुम्बिनी एकेडेमी अफ साइन्स एंड टेक्नोलोजी लुम्बिनी बुद्धिस्ट बिश्वोबिद्ध्यालयबाट सम्बन्धन प्राप्त कलेज हो यसमा  मास्टर डीग्री का ३ वटा बिषय कन्स्ट्रक्सन  इञ्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट, स्ट्रक्चरल  इञ्जिनियरिङ्ग  र डिजेस्टर रिस्क  इञ्जिनियरिङ्ग  मेनेजमेन्ट पढाई हुन्छ

 लुम्बिनी  बुद्धिस्ट युनिभर्सिटी कोर  बुद्धिज्म (core Buddhism )लाइ मात्र केन्द्रित  गरेर प्रोग्राम संचालन गरेको छ, तपाइको कलेज इन्जिनीरिंग संग सम्बन्धित छ।  यसले गर्दा तपाइले प्राप्त गरेको सम्बन्धको बारेमा पनि केहि टिका  टिप्पणी गरेको सुनिन्छ। लुम्बिनी बिश्वबिधालयको उदेश्य र इन्गीनीरिंग प्रोग्राम बिचमा के सम्बन्ध छ ?यी दुई बिचको अन्तरसम्बन्ध बारेमा तपाईको के बुझाई छ?


बुद्धिजम धर्म नभएर एउटा राम्रो दर्शन मात्र हो। हामीले बुज्नु पर्ने कुरा के हो भने युनिभर्सिटीका उत्पादित विद्याथी  बजारमा  बिक्नु पर्छ अनि मात्र युनिभर्सिटी टिक्छ। हाम्रो देशमा बुद्धिस्ट दर्शनमा आधारित रहेर पढ्न पाउनु आफैमा गौरबको कुरा हो।तर यसको core philosophy को सैदान्तिक ज्ञान दिएर मात्र बिद्ध्यार्थीको भबिष्य सुनिश्चित  हुदैन। यसको लागि बिश्वबिधालयले गरिखाने  शिक्षा  पनि दिनु पर्छ । नेपालमा बुद्धिस्ट युनिभर्सिटी आउनुको पछाडि अन्तरास्ट्रिय बुद्धिस्ट सम्मेलनको महत्वपूर्ण हात छ। अन्तराष्ट्रिय बुद्धिअत सम्मेलनमा बिश्वभरिबाट आएका प्रतिनिधिहरुले नेपालमा एउटा बौद्ध बिश्वबिधालय संचालन हुनुपर्छ भन्ने कुरा अगाडि सारे। यसै अनुरुप नेपाल सरकारले यसको प्रक्रिया अगाडी ल्याएका हो। सु रुमा काठमाडौँको एउटा सानो घरमा कार्यालय स्थापना गरेर VC, Dean, Registrar   ले एउटै कार्यालय बाट कार्य सम्पादन गरेका थिए। पहिलो, दोश्रो तेश्रो कार्यालयका पदाधिकारीहरुले कुनै महत्वपुर्ण निर्णय गर्न र ब्यबस्थित कार्यक्रम ल्याउन सकेनन गर्न सकेनन। उनिहरुले जागिर मात्र खाए। करिव १ दशक अघि  तिलकराम आचार्य  उपकुलपति   भएपछि मात्र बिश्वबिधालयले बास्तबमै बिश्वबिधालयको स्वरूप निर्माण भयो। उहाले लगातर ३ कार्यालय उपकुलपति लगातार जिम्मेवारी सम्हाल्ने मौका पाउनु भयो।  बिश्वबिधालयको चौतर्फी बिकाशमा प्रसंसनिय  दिनुभएको छ ।  उहाको हुटहुटिले नै यो बिश्वोबिधालयले  उचाई हासिल गर्यो । उहाले बिश्वबिधालयको कामलाई आफ्नै निजिकाम सरह ठानी रातदिन खट्नु भयो ।

जहासम्म हामीलाई इन्गीनीरिंग कार्यक्रमको सम्बन्धन दिएको कुरा छ, यो आबश्यक थियो ।हामीले बिश्वबिधालयमा प्राबिधिक बिषयमा सम्बन्धन माग्यौ। यसको महत्व  दर्सायौ । उहाहरु पनि विस्वस्त हुनुभयो। सम्बन्धन दिनु भयो ।हामीले नै बास्तबमा यो बिश्वबिधालयलाई परिचित गरायौ। हामीले ३०० भन्दा बढी graduate product गरिसकेका  छौ । मास्टर डिग्रीका ३०० जना graduate  product  निकै धेरै हो ।मैले युनिभर्सिटीमा इन्जिनीरिंगको सम्बन्धन माग्न जादा सम्म कोहि पनि गएका थिएनन्। हामीले युनिभर्सिटीलाइ टिकाउने काममा पनि योग्दान गरेका छौ।युनिभर्सिटी र इन्जिनीरिंग को सम्बन्धका बिषयमा कुरा गर्ने हो भने पनि बुद्धिजम र स्तुपा आर्किटेक् बीच सम्बन्ध छ। गुम्बा  निर्माण वास्तवमा दर्शन पढ्ने नभई इन्जिनीरिंग पढ्नेले मात्र गर्न सक्छ । हाम्रो इन्जिनीरिंग कोर्षका हरेक  इकाइमा  बुद्धिस्ट दर्शनसित सम्बन्धित कुराहारू समाबेश छन् । तसर्थ हाम्रो इन्जिनीरिंग भनेको बुद्धिस्ट स्ट्रक्चरल इन्जिनीरिंग हो ।

तपाइले इन्जिनीरिंगलाई बुद्धिज्मसित  अन्तर सम्बन्धित गराएर पाठ्यक्रम निर्माण गर्नु भएको छ । तपाइले उत्पादन गरेको ग्रजुएट को पर्फर्मेन्स र मार्केट डिमाण्ड के छ ?

हाम्रो construction management भित्र conflict management पढ्नु पर्छ। architect भित्र बुद्धकालीन building , bridge भनौ संरचनाका बारेमा पढ्नु पर्छ । यी ज्ञानहरु conflict management Buddhist stupa construction  सित सम्बन्धित हुन्छ । हाम्रो product हरु hydropower  क्षेत्रमा पनि कार्यरत छन् । खासगरी भन्दा हाम्रो course नेपाल लगाएत बिश्वका विभिन्न देशहरुमा भएका course  सबै समाबेश , त्यस भन्दा थप भनेको Buddhist Architect  सम्बन्धि course include गरेका छौ । यो भन्दा परिष्कृत course नै छैन।  हाम्रा product लाई हाम्रो कलेजमा पहिलो priority दिन्छौ, अन्य क्षेत्रमा पनि नि उतिकै माग छ । हाम्रा उत्पादित बिद्यार्थी विस्वका बिभिन्न बिस्वविध्यलायाहरुमा विद्यावारिधि गरिरहेका छन् उनीहरुको पर्फर्मेन्स उत्कृष्ट छ।

       मैले बिश्वका बिदेशका केहि बिश्वबिधालयमा हेर्ने मौका पाए।बनारस हिन्दु बिश्वबिधालय एउटा बिराट बिश्वबिधालय हो । यसमा हिन्दु दर्शन मात्र पढाई हुदैन । विभिन्न विषयका ज्ञाता प्राध्यापकहरु छन् । विभिन्न विषयका कोर्ष   पढाई हुन्छन । अनि लुम्बिनी बिश्वबिधालयमा चाहिँ बौद्ध दर्शन मात्र पठाउनु पर्ने भन्ने विचार कति न्यायिक हुन्छ? तसर्थ बिश्वबिधालयमा पढिसकेपछि  त्यसको रोजगारिको क्षेत्र पनि चाहिन्छ । यसको लागि बिश्वबिधालयले नया नया प्रोग्राम थप्नुपर्छ । यदि म बिश्वबिधालयको अधिकार प्राप्त पदाधिकारी हुन्थे भने काठमान्डौमा बुद्धिस्ट बिश्वबिधालयको एउटा आंगिक  कलेज  दिन्थे । तसर्थ,  बिश्वबिधालय लाई व्यापक र दिगो बनाउने हो भने नया नया प्रोग्राम ल्याउनु पर्छ । बिश्वका बिद्यार्थी यहाँ आएर पढ्ने बाताबरण निर्माण गर्नुपर्छ ।

बाहिर हल्ला के छ भने तपाई अटोनोमस जस्तो गरि प्रश्नपत्र निर्माण र मुल्यांकन आफै गर्ने, डिग्री उपलब्धि दिने गर्नुहुन्छ बिश्वबिधालयले अनुगमन सम्म पनि गर्दैन भन्छन । यस बिषयमा तपाई के भन्नु हुन्छ ?

बिश्वको नियम नै के छ भने इन्जिनीरिंगका मास्टर्स डिग्रीमा जुन प्राध्यापकले पढ़ाउछ , उसैले मुल्याङ्कन गर्छ । प्राध्यापकले आफ्ना बिद्यार्थीलाइ सहि मुल्यांकन गर्छ भन्ने मान्यता हो । हाम्रा उत्पादन गरेका / डिग्री प्रदान गरेका  ग्राजुएट बिदेशमा पनि अब्बल रुपम प्रस्तुत हुन सफल भएका छन् । बिश्वाश गर्नु पर्छ बिद्दताको कदर गर्नु पर्छ 

सुरुमा TU को मुल्यांकन पनि Patna ले गर्थ्यो । काठमाडौ  बिश्वबिधालयको MBA Master  प्रोग्राम नै Calcutta University को थियो । काठमाडौ  बिश्वबिधालयले आफुले मेडिकल कलेज नचलाउदै  अरु कलेजहरुलाई मेडिकल कार्यक्रम संचालन गर्न लाई सम्वन्धन दिएको थियो । यी केहि दृष्टान्त मात्र हुन् । अनि लुम्बिनी बुद्धिस्ट बिश्वबिधालयप्रति चाहिँ बिश्वसनियतामा किन प्रश्न उठाउने ।आज पनि PHD को उपाधी एउटा प्रोफेसरको मुल्याङ्कनमा भर पर्दछ छ ।जब सम्म हाम्रो कुरा छ , university ले Pulchowk institute of engineering  संग MOU गरेको छ, कोर्ष डिजाइन र अन्य कार्यमा हामीलाई  सहयोग , परामर्श र मान्यता दिन्छ ।

 लुम्बिनि बिश्वबिधालय इन्जिनीरिंग कोर्ष बुद्धिस्ट दर्शन संग सम्बन्धित छ भन्नु भयो । अब बिश्वबिधालय कसरी अगाडी बढ्नु पर्छ भन्ने तपाइको विचार छ ?

लुम्बिनी बिश्वबिधालयले अझ दिगो र व्यापक बनाउने  गरिखाने शिक्षाका बिबिध कार्यक्रमहरुलाइ सम्बन्धन दिनु पर्छ । बिश्वबिधालयले ले आफ्ना आंगिक कलेज चलाउनु पर्छ । बुटवलको BIT कलेज आफ्नो अन्तर्गत ल्याउन प्रयास गर्नु पर्छ। यदि सम्भव नभए बुटवलमा Bachelor का प्रोग्राम चलाउन पर्छ । अर्को कुरा प्रोग्राममा विविधता ल्याउनु पर्छ । इन्जिनीरिंग, आइटी    र अन्य विविध प्रोग्राम चलाउनु पर्छ । बुद्धिजम दर्शन को ज्ञान संगै रोजगारमूलक र सीप मुलक शिक्षा दिने खालको प्रोग्राम ल्याउनु पर्छ ।

img